राजनीति

अमेरिकालाई अनावश्यक दबाब नदिन भनेको प्रचण्डको भनाई


काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)बारे अमेरिकासँग निरन्तर संवाद भइरहेको बताएका छन् ।

माओवादी केन्द्रको केन्द्रीय कार्यालयमा शनिवार आयोजित केन्द्रीय सल्लाहकार र ज्येष्ठ कम्युनिस्ट मञ्चको शपथग्रहण कार्यक्रममा बोल्दै प्रचण्डले एमसीसीबारे राष्ट्रिय सहमति बनाउन लागिएको र त्यसको लागि समय लाग्ने भएकाले अनावश्यक दबाब नदिन अमेरिकालाई भनिएको बताए ।