काठमाडौँ – नेपाली बजारमा एक साता भित्रमा सुन ९ सयले गिरावटा आएको छ । अघिल्लो साताको शुक्रबार प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य यो साताको शुक्रबार ९३ हजार १०० रुपैयाँ कायम छ ।
आईतबार आइतबार ४ सयले घटेर सुरु भएको सुन सोमबार तोलामा २०० ले बढेको थियो । मंगलबार र बुधबार घट्दै प्रतितोला ९२ हजार ६०० रुपैयाँसम्म आइपुगेको सुन फेरि बिहीबार र शुक्रबार बढ्दै साताको अन्तिम दिनसम्म आइपुग्दा सम्म प्रतितोला ९३ हजार १०० रुपैयाँ कायम भएको हो ।
यसैगरी, अघिल्लो साताको शुक्रबार प्रतितोला १२ सय ५० रुपैयाँ रहेको चाँदीको मूल्य यो साता १० रुपैयाँले बढेको छ । हिजो शुक्रबार चाँदीको प्रतितोला मूल्य १२ सय ६० कायम रहेको महासंघले जानकारी दिएको छ ।


प्रतिक्रिया