काठमाडौँ – बंगलादेशमा एउटा यात्रुबाहक डुंगामा आगो लाग्दा कम्तीमा ३९ जनाको ज्यान गएको छ । राजधानी ढाकाबाट २ सय ५० किलोमिटर दक्षिणमा पर्ने झालोकाथी सहर नजिकै सुगन्धा नदीमा डुंगामा आगो लागेको हो ।
तीन तले डुंगामा झन्डै पाँच सय मानिस सवार रहेको अनुमान गरिएको छ । आगो लागेपछि केही यात्रुले भने नदीमा हाम्फालेर ज्यान जोगाएका थिए । यस्तै प्रहरीले एक सय भन्दा बढीलाई जलेको अवस्थामा अस्पताल भर्ना गरेको छ । केही घाइतेहरुको अवस्था गम्भिर रहेकाले मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।


प्रतिक्रिया