काठमाडौँ – नेपाल राष्ट्रिय महिला भलिबल टोलीले लगातार तेस्रो जित हात पारेको छ । बंगलादेशको ढाकामा जारी एसियन सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कपको महिलातर्फ नेपालले आयोजक राष्ट्र बंगलादेशलाई सोझो सेटमा हराउँदै लगातार तेस्रो जित निकालेको हो
शुक्रबार बिहान भएको खेलमा नेपालले एकपक्षीय खेलको प्रदर्शन गर्दै बंगलादेशलाई २५–५, २५–१५, र २५–१७ ले सहजै पराजित गर्न सफल भएको हो । तीन जितपछि नेपाल अंकतालिकामा शीर्ष स्थानमा छ । नेपालले पहिलो खेलमा श्रीलंकामाथि ३–२ को सेटमा जित हात पारेको थियो । नेपालको यो जितसँगै फाइनल पुग्ने सम्भावना बलियो बनेको छ । यस्तै दोस्रो खेलमा माल्दिभ्सलाई पनि सोझो सेटमा हराएको थियो ।
तीन जितपछि नेपालले फाइनल पुग्ने सम्भावना बलियोसमेत बनाएको छ । नेपालले आफ्नो चौथो खेल आइतवार उज्वेकिस्तान र सोमबार कीर्गिस्तानसँग खेल्नेछ ।
प्रतिक्रिया