राजनीति

मतगणनामा विवाद चर्किएपछि कांग्रेस प्रदेश २ मा गणना स्थगित


काठमाडौँ – नेपाली कांग्रेस प्रदेश २ को पहिलो अधिवेशनमा सम्पन्न निर्वाचनमा पदाधिकारीको मतगणना सकिए पनि सदस्यहरुको मतगणना विषयमा विवाद चर्किएको छ।

उम्मेदवार र निर्वाचन समितिबीच गणनामा प्रतिनिधि राख्ने विषयमा सहमति हुन नसकेपछि प्रदेश सदस्यको गणना स्थगित भएको छ।

गएराति पदाधिकारीको मतगणना सम्पन्न भएपछि सदस्य पदका उम्मेदवारले आफूसहित दुइ दुई जना प्रतिनिधि राख्न पाउनुपर्ने निर्वाचन समितीसँग माग गरेका थिए। तर गणनास्थलमा भीड बढेपछि समस्या हुने भन्दै निर्वाचन समितिले उनीहरुले राखेको प्रस्ताव अस्वीकार गरेको थियो।