राजनीति

कांग्रेसको नवनिर्वाचित केन्द्रीय कार्य समितिको पहिलो बैठक आज बस्दै


नेपाली कांग्रेसको नवनिर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठक आज बस्दैछ । नवनिर्वाचित सभापति शेरबहादुर देउवाले पार्टी कार्यालय सानेपामा आज दिउँसो पहिलो बैठक बोलाउनुभएको हो ।

निर्वाचित पदाधिकारी र सदस्यले प्रमाणपत्र पनि आजै लिने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । गत मंसिर २४ देखि २८ गतेसम्म काठमाडौँमा सम्पन्न महाधिवेशनबाट १३४ सदस्यीय कार्यसमिति चयन भएको छ । पदाधिकारीसहित कार्यसमितिमा सभापति शेरबहादुर देउवा पक्ष हाबी भएको छ ।

बैठकमा सभापति देउवाले सबैलाई धन्यवाद दिने, स्वागत गर्ने, निर्वाचन आयोगमा दल दर्ताका लागि निर्णय गर्नेलगायतको कार्यसूची रहेको छ ।