राजनीति

माओवादी केन्द्रीय कमिटीमा दुई सय ९९ सदस्यीय बनाउने तयारी


काठमाडौँ – बहुपदीय प्रणालीमा जाने निर्णय गरेको माओवादी केन्द्रले केन्द्रीय कमिटीको संख्या बढाएर दुई सय ९९ सदस्यीय बनाउने प्रस्ताव गरेको छ । १५ सदस्यीय पदाधिकारी पनि प्रस्ताव गरेको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा जारी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको विधान संशोधन प्रस्तावमाथि छलफल जारी रहेको छ । माओवादी केन्द्रको केन्द्रीय कमिटी अहिले एक सय ७९ सदस्यीय छ । माओवादी केन्द्र नेतृत्व चयन सर्वसम्मत गर्ने वा निर्वाचन प्रक्रियाबाट गर्ने भन्नेमा पनि टुंगोमा पुगिसकेको छैन ।

प्रचण्डले राष्ट्रिय–अन्तर्राष्ट्रिय परिस्थितिको मूल्यांकन, शान्ति प्रक्रियायता पार्टीको अवस्थाबारे समीक्षा, एमालेसँगको एकता र विभाजन, पार्टी पुनर्निर्माण तथा सांगठनिक विषयमा प्रस्ताव गर्नुभएको छ । प्रवक्ता कृष्णबहादुर महराका अनुसार राष्ट्रिय सम्मेलनमा नियमित प्रक्रियाबाट १४ सय ८३ र त्यसको १० प्रतिशत अध्यक्षले मनोनयन गर्ने छन् ।

प्रचण्डले १५ सदस्यीय पदाधिकारीको पनि प्रस्ताव पनि अघि सारेका छन् ।