खेलकुद

शीर्ष स्थानका दुई टोली मनाङ र मछिन्द्र क्लबकीच आज भिड्दै


शहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदै छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने आजको पहिलो खेलमा हिमालयन शेर्पा क्लब र च्यासल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

दोस्रो खेलमा तालिकाको शीर्ष दुई टोली मनाङ मस्र्याङ्दी क्लब र मछिन्द्र क्लबबीच प्रतिस्पर्धा हुनेछ । यो खेललाई चासोका साथ हेरिएको छ । कीर्तिमानी आठ पटकको च्याम्पियन मनाङ मछिन्द्रलाई हराएर शीर्ष स्थान कायम राख्न चाहन्छ ।

मनाङ ५ खेलमा १३ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । साविक विजेता मछिन्द्र पनि मनाङलाई हराएर शीर्ष स्थानमा उक्लन चाहन्छ । मछिन्द्र ५ खेलमा ११ अंक जोडेर दोस्रो स्थानमा छ ।