राजनीति

वैशाख १४ र २२ गते स्थानीय तहको निर्वाचन गर्न निर्वाचन आयोगको प्रस्ताव


काठमाडौँ – निर्वाचन आयोगले आगामी वैशाख १४ गते र २२ गते स्थानीय तहको निर्वाचन गर्न सरकारसमक्ष प्रस्ताव गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवासहित मन्त्रीहरुसँग शुक्रबार छलफल गरेको निर्वाचन आयोगले पहिलो चरणमा वैशाख १४ गते र दोस्रो चरणको २२ गते निर्वाचन गर्न सरकारसमक्ष प्रस्ताव गरेको हो ।

स्थानीय तहका पदाधिकारीको पदावधि जेठ ५ गते सकिन लागेको र स्थानीय तह सञ्चालन ऐन अनुसार पदावधि सकिनुभन्दा २ महिनाअघि निर्वाचन गरिसक्नुपर्ने व्यवस्था रहेको छ । आयोगको प्रस्तावमा मन्त्रिपरिषदले यसबारे निर्णय गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।