राजनीति

चाडपर्व राष्ट्रिय एकता कायम राख्न महत्वपूर्ण हुने प्रधानमन्त्रीको भनाई


काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले चाडपर्व राष्ट्रिय एकता कायम राख्न महत्वपूर्ण हुने बताउनुभएको छ । क्रिसमस डेका अवसरमा इसाई धर्मालम्बीहरुमा सुख, शान्ति, सुस्वाथ्य र दीर्घायुको शुभकामना व्यक्त गर्नुभएको छ ।

देउवाले चाडपर्व र संस्कृति राष्ट्रिय एकता, पारस्परिक सद्भाव र राष्ट्रिय मौलिक संस्कृतिको निर्माणका लागि महत्वपूर्ण रहँदै आएको उल्लेख गर्नुभएको छ ।

सबै नेपालीबीच एक आपसमा विश्वास र बन्धुत्वको भावना कायम राख्न प्रेरणा प्रदान गरोस् भन्ने कामना पनि प्रधानमन्त्रीले गर्नुभएको छ । स्वास्थ्यका मापदण्ड पालना गर्दै सुरक्षितरूपमा हर्षोल्लासपूर्वक पर्व मनाउन प्रधानमन्त्री देउवाले अनुरोध गर्नुभएको छ ।