राजनीति

चाडपर्वको माध्यमबाट सहिष्णुता र एकताको भावना अभिवृद्धि हुने राष्ट्रपतिको विश्वास


काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले चाडपर्वको माध्यमबाट सहिष्णुता र एकताको भावना अभिवृद्धि हुने बताउनुभएको छ । क्रिसमस डेका अवसरमा सन्देश जारी गर्दै भण्डारीले विभिन्न चाडपर्वले राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास लिनुभएको छ ।

राष्ट्रपति भण्डारीले क्रिसमस डेजस्ता पर्वले सबै नेपालीबीच आपसी विश्वास, प्रेम र बन्धुत्वको भावनालाई प्रगाढ बनाउँदै सभ्य र सुसंस्कृत समाज तथा समुन्नत नेपाल निर्माणतर्फ अग्रसर हुन सबैमा प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्नुभएको छ ।