राजनीति

माओवादीमा १५ पदाधिकारी राख्ने प्रचडको प्रस्ताव, वरिष्ठसहित ७ उपाध्यक्ष


काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वरिष्ठ सहित सात उपाध्यक्ष पार्टीको केन्द्रीय पदाधिकारीमा राख्ने प्रस्ताव पेश गरेका छन् । शुक्रवार पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकमा प्रचण्डले वरिष्ठ सहित उपाध्यक्षमा सात जना सामेल गरि १५ पदाधिकारी बनाउने प्रस्ताव गरेका हुन्

बैठकमा अध्यक्ष एक, वरिष्ठ सहित सात उपाध्यक्ष, महासचिव एक, उपमहासचिव २ र तीन सचिव रहने प्रस्ताव गरेका छन् । माओवादीले शनिबार फेरि बैठक बसेर थप छलफल गर्ने र अरु बाँकी बिषय टुंगो लगाउने छ । माओवादी केन्द्रले नयाँ नेतृत्व चयनका लागि आइतबारदेखि काठमाडौँमा राष्ट्रिय सम्मेलन गर्दैछ । सम्मेलनले पार्टीले अब लिने कार्यदिशाको पनि टुंगो लगाउने नेताहरुले बताएका छन् ।

यसअघि माओवादीले उपाध्यक्ष पद राख्ने भनेपनि कति संख्यामा भन्ने खुलाएको थिएन । त्यस्तै वरिष्ठ उपाध्यक्षको पनि माओवादीले यसअघि कुनै व्यवस्था गरेको थिएन । नेताहरुको व्यवस्थापन गर्न चुनौति देखिएपछि वरिष्ठ उपाध्यक्षको पद पनि सिर्जना गर्न लागेको नेताहरुको भनाई छ ।

तर बैठकमा वरिष्ठ उपाध्यक्षको ठाउमा वरिष्ठ नेता राख्नुपर्ने र सात उपाध्यक्षको ठाउमा ५ राख्नुपर्ने भन्ने प्रस्ताव समेत अध्यक्ष बाहेकका नेताले गरेको बुझिएको छ ।