राजनीति

पदाधिकारी संख्या १५ सदस्यीय बनाउन प्रचण्डको प्रस्ताव


काठमाडौँ — नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी पदाधिकारीको संख्या १५ सदस्यीय बनाउने प्रस्ताव गरेका छन् । शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डले यो प्रस्ताव गरेका हुन् ।

पदाधिकारीको संख्या १५ भएता पनि कुन कुन पद सृजन गर्ने र कुन पदमा कति जना सदस्य राख्ने भन्ने विषयमा भने छलफल भइनसकेको स्थायी कमिटी एक सदस्यले जानकारी दिए ।

शनिबार फेरि बैठक बसेर थप छलफल गर्ने र अरु बाँकी बिषय टुंगो लगाउने बताए । माओवादी केन्द्रले नयाँ नेतृत्व चयनका लागि आइतबारदेखि काठमाडौँमा राष्ट्रिय सम्मेलन गर्दैछ । सम्मेलनले पार्टीले अब लिने कार्यदिशाको पनि टुंगो लगाउने नेताहरुले बताएका छन् ।