राजनीति

काँग्रेस महाधिवेशन समीक्षा : देउवाभन्दा आरजुको दबदबा, मुक्ताकुमारीले पछि पारिन शशांकलाई (भिडियोसहित)


काठमाडौँ — चार बर्षमा महाधिवेशन गर्नुपर्ने नेपाली काँग्रेस विधानले दिएको समयावधि सकिएर महाधिवेशन गर्न नसक्दा अवैधानिकताको बाटोमा थियो । कति सम्मभने संविधानले राजनीतिक दलका लागि दिएको सुविधा उपभोग गर्दासम्म काँग्रेस महाधिवेशनबारे स्पष्ट थिएन । लामो अन्योलतापछि फलामको चिउँरा बनेको महाधिवेशन काँग्रेसले सकाएको छ । र १० दिन लगाएर आगामी नेतृत्व चयन गरेको छ ।

मंसिर २४ माउद्घाटन भएर २७ गते निर्वाचनमा गएको नेपाली काँग्रेसले पुस ८ गते अबेर राति मात्रै सम्पूर्ण मत परिणाम दिन सक्यो । केन्द्रीय नेतृत्व चयनका लागि भएको निर्वाचनले सबै पदाधिकारी र केन्द्रीय समितिको परिणाम सार्वजनिक गर्न झण्डै १० दिनलाग्यो । जस अनुसार दोस्रो कार्यकाल निर्वाचित भएका सभापति शेरबहादुर देउवा नेतृत्वको संस्थापन प्यानलका एक सय १० जना निर्वाचित भएका छन् । जुन एक सय ३४ निर्वाचित सदस्य मध्येको ८२ प्रतिशतहो । ३३ जनाअझै देउवाकै तज बिजमा मनोनित हुने भएकाले बहुमत संख्या थप बढ्ने छ । तथापी समूहभित्र अन्तर घात भएको भन्दै पराजित केही नेताहरु अहिलेसम्म छट्पटाइ रहेका छन् ।

सयौंको भिडबाट देउवाले इच्छाएर उठाएका केही नेताहरु पराजित भएका छन् । उम्मेद्वारको व्यवस्थापन गर्दा टिमभित्रै अन्तरकलह मच्चिएपछि प्यानलकै आधारमा सबैले सबैलाई मतदिएनन् । महाधिवेशन प्रतिनिधिले समेत गुट भन्दामाथि उठेर केही व्यक्तिहरु समेत रोजे । परिणामतः सभापतिमा पराजित शेखर कोइराला पक्षबाट महामन्त्रीमा गगन थापाले फराकिलो जितहात पारे ।

सभापतिको पहिलो चरणमै लज्जास्प दहार ब्यहोरेका प्रकाशमान सिंह समूहबाट विश्वप्रकाश शर्माले महामन्त्री जिते । समावेशी बनाउने विधानको व्यवस्था बमोजिम विभिन्न कलष्टरबाट निर्वाचित भएका आठ सहमहामन्त्रीले काँग्रेसलाई थप सन्तुलित बनाउने काम ग¥यो । कलष्टर बाहेकको खुल्ला प्रतिस्पर्धामा उपसभापति धनराज गुरुङ मात्रै अटाउन सके । विधानले नै भाग पुग्ने गरि समावेशी कोटाको व्यवस्था गरेपछि सबै नेता कलष्टरबाटै सुरक्षित बने ।

तर पनि केही नेताका परिवार महाधिवेशनबाट राजनीतिमा स्थापित भएका छन् । सभापति देउवा पत्नी आरजु राणा देउवा खुल्ला महिलातर्फ केन्द्रीय सदस्यमा तेस्रो भारी मत ल्याएर विजयी भइन् । आरजुकै बलबुतामा कैलालीले मात्रै सबैभन्दा धेरै आठ केन्द्रीय सदस्य पाएको छ । अचम्म त के भने, सुदुरपश्चिमका केही जिल्लामा सभापति देउवा र उनकी पत्नी राणा प्यानल बनाएरै भिडेका थिए । महामन्त्रीको टिकट नपाएपछि केन्द्रीय सदस्य लडेका बालकृष्ण खाणकी पत्नी मञ्जु केन्द्रीय सदस्य निर्वाचित भएकी छन् । उनीमाथि आउँदा लामो समय काँग्रेसको राजनीतिमा सक्रियमधु आचार्य आउट भएकी छन् । स्वर्गीय नेता खुमबहादुर खड्का पत्नी शिला शर्मा खड्का केन्द्रीय सदस्यमा निर्वाचित भएकी छन् ।

महाधिवेशनमा कुल खसेको मतचार हजार ६ सय ७१ मतमध्ये तीनहजार नौ सय ६० मतल्याएर मुक्ता कुमारी यादव पर्सन अफदि इलेक्शन बनेकी छन् । उनले सबै समूहबाट साझा बनेर ३ हजार ८ सय ३६ मत ल्याएका शशांक कोइरालालाई पछि पारेकी हुन् ।

१ सय ६७ सदस्यीय केन्द्रीय कार्यसमितिका १ सय ३४ जना पदाधिकारी तथा सदस्य निर्वाचन प्रक्रियाबाट चुनिएका छन् । तीमध्ये पुरुष ९३ र महिला ४१ जना छन् । सबैभन्दा बढी खस–आर्य समुदायबाट सभापतिसहित ७७ जना छन् । केन्द्रीय निर्वाचन समितिका अनुसार आदिवासी–जनजाति समुदायका २४, मधेसी समुदायका ११, दलित समुदायका १०, थारू समुदायका७, मुस्लिम समुदायका ४ र अल्पसंख्यक समुदायका १ जना केन्द्रीय समितिमा निर्वाचित भएका छन् ।

वरिष्ठ नेता रामचन्द्र पौडेल महाधिवेशन प्रक्रिया भन्दा अलग रहेका थिए भने पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला देउवाका पक्षमा खुलेका थिए । महाधिवेशनमा नउठेका र पराजित शीर्ष नेतालाई देउवाले केन्द्रीय समितिमा मनोनित गर्ने तयारी गरेका छन् ।