राजनीति

माओवादीमा गुट भिडन्त : जनार्दन र बर्षमानबीच महासचिवका लागि हानथाप (भिडियोसहित)


काठमाडौँ — नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ३० बर्षदेखि पार्टीको नेतृत्व गरिरहेका छन् । र ३० बर्षदेखि नै माओवादीमापद बाड्ने प्रथामा चलिरहेको छ । त्यही माओवादीले आउँदो ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्दैछ । जसमा प्रचण्ड निर्विकल्प छन् । तर दोस्रो तहका नेतबीच महाधिवेशनमा गुट भिडन्त हुने देखिएको छ ।

२०४८ सालमा नेकपा एकता केन्द्रको महामन्त्री बनेका प्रचण्ड ५१ सालमा आएर माओवादी बनाएयता सधैँ अध्यक्षको भूमिका छन् । माओवादीलाई प्रचण्डले यस्तो बनाएका छन् कि, उनको इच्छाबेगर न पार्टीमा, न कुनै संगठनमा नेतृत्व चयन हुनसक्छ । प्रचण्ड नै सर्वेसर्वा बन्दा अन्य नेताहरुकाउनी नै कमाण्डर र उनी नै पार्टीको एक्लो गुट जस्ता थिए । अब भने माओवादीभित्रको दृश्यमा फरक देखिन थालेको छ ।

नेताद्धय जनार्दन शर्मा र बर्षमान पुनबीचको टकरावले माओवादी निर्वाचनको प्रक्रियालाई समेत स्वीकार्ने तहमा छ । जसको नमुनामा प्रदेश एक र बागमती प्रदेशमा देखिसकेको छ ।यहाँ शर्मा र पुन प्यानलका नेताहरु गुट बनाएरै निर्वाचनमा होमिएका थिए । जसको परिणाम अनुसार प्रदेश एकमा शर्मा निकट हर्कबहादुर नेम्वाङ र बागमतीमा पुन निकट सरल सहयात्री निर्वाचित भएका छन् ।

शर्मा र पुन दुवै यो राष्ट्रिय सम्मेलनबाट महासचिव भएर आउने तयारी गरिरहेका छन् ।तल्लो तहदेखि नै आफ्नो टिम तयार पारेर आएका उनीहरु केन्द्रमा प्रतिस्पर्धामै जान सक्ने माओवादी केन्द्रकै केही नेताहरु दाबी गर्छन ।अध्यक्षपछिको शक्तिशाली पद महासचिवका लागि उनीहरु प्रचण्डसँग लविङ गर्न थालिसकेका छन् । किनकि पदमा पुग्न प्रचण्डको प्रिय मात्रै बनेर नपुग्ने भएपछि उनीहरु गुटगत रस्साकस्सी नै चलाएर नेताहरु अघि बढेका हुन् ।

शर्मा र पुन बाहेक महासचिवको लाइनमा पम्फा भूसाल र शक्तिबहादुर बस्नेत पनि छन् । हरिबोल गजुरेल र गिरिराजमणि पोखरेलको दाबी पनि महासचिवकै लागि छ । त्यसमध्ये पोखरेल नेता नारायणकाजी श्रेष्ठको चाहना बमोजिम महासचिवका लागि तयार भइरहेको कतिपयको बुझाइ छ ।महासचिवको दौडमा अर्का नेता देवेन्द्र पौडेल पनि थपिएका छन् ।

त्यसको व्यवस्थापन प्रचण्डका लागि चुनौतीपूर्ण छ । आफु सुरक्षित र निर्विकल्प बनिरहँदा दोस्रो पंक्ति समीकरण नै बनाएर जाने देखिएपछि प्रचण्डले अन्तिममा कसलाई काँखी च्यापेर अघि बढ्छन् सकसपूर्ण छ ।तर विश्लेषकहरु व्यवस्थापनमा आफुलाई समस्या पर्ने देखिएपछि नै प्रचण्डले आकंक्षीहरुलाई भिडाएर छिनोफानो लगाउने कसरत गरेको विश्लेषण गरिरहेका छन् ।