राजनीति

प्रधानमन्त्री देउवालाई ‘भाइब्रेन्ट गुजरात’मा निम्तो


काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवालाई भारत भ्रमणको निम्तो आएको छ । भारतमा आयोजना हुने भाइब्रेन्ट गुजरात शीर्षकको सम्मेलनमा निम्तो मान्न जाने देउवाको तयारी छ । गुजरात भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गृह प्रान्त हो । २०१४ मा भारतीय प्रधानमन्त्री हुनुअघि उनी गुजरातका मुख्यमन्त्री थिए ।

सन् २००३ देखि सुरू भएको भाइब्रेन्ट गुजरात ग्लोबल समिट दुई/दुई वर्षमा हुने गरेको छ । भाइब्रेन्ट गुजरातमा विभिन्न देशका राष्ट्र र सरकार प्रमुख, मन्त्रीहरू, विभिन्न कम्पनीका सिइओहरू सहभागी हुन्छन् । समिटको उद्घाटन भारतीय प्रधानमन्त्री मोदीले गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री देउवा समिटमा सहभागी हुने/ नहुनेबारे यकिन भइसकेको छैन । ‘ओमिक्रोनको संक्रमण कस्तो हुन्छ । त्यसका आधारमा प्रधानमन्त्री भारत जानेरनजाने टुंगो हुन्छ,’ ।

गत असारमा पाँचौं पटक प्रधानमन्त्री भएका देउवाले भारतको औपचारिक भ्रमण गरेका छैनन् । यसपालि प्रधानमन्त्री भएपछि देउवा पहिलो विदेश भ्रमणका रूपमा कोप-२६ मा सहभागी हुन बेलायत गएका थिए ।