राजनीति

कालापानी र लिपुलेकमा चुनाव गराउन सरकारको आदेश कुर्दै निर्वाचन आयोग


काठमाडौँ – निर्वाचन आयोगका प्रवक्ता शालिग्राम पौडेलले कालापानी लिपुलेकमा निर्वाचन गर्न सरकारले आदेश दिए आफूहरु तयार रहेको बताएका छन् । उनले काभ्रेको धुलिखेलमा सञ्चारकर्मीसँग कुरा गर्दै सरकारले चाहेमा हामी निर्वाचन गर्न तयार रहेको बताएका हुन् ।

पौडेलले भने, लिपुलेक, कालापानीमा निर्वाचन गर्ने,सरकारको कुरा हो, सरकारले आदेश दिए हामी निर्वाचन गर्न तयार छौँ । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनबारे प्रधानमन्त्री देउवासँग आज दिउँसो छलफल गर्दै छ ।

स्थानीय तहका जनप्रतिनिधिको अवधि २०८७ चैत ५ गते सकिँदैछ । आयोगले २०७९ वैशाख २० मा निर्वाचन गर्ने तयारी गरेको आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले बताए ।