राजनीति

बागमतीमा पाँच जना मन्त्री थपिदैँ


काठमाडौँ – बागमती प्रदेशको मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले आज नेपाली काङ्ग्रेसको ५ जनालाई सरकारमा लैजाने तयारी गरेका छन् । मुख्यमन्त्री पाण्डेले शुक्रबार ३ जना फुल र दुई जना राज्यमन्त्री नियुक्त गर्न लागेका हुन् ।

आज काङ्ग्रेसको भागमा परेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय , संस्कृति तथा पर्यटन मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा मन्त्री नियुक्त गर्न लागेको स्रोतले बताएको छ। दुई राज्यमन्त्री को हुने भन्नेमा लगभग पक्का जस्तै भइसकेको छ । भौतिक पुर्वाधार विकास राज्यमन्त्रीमा सन्तबहादुर प्रजा र अर्को एउटा राज्यमन्त्रीमा रजनी जोन्छे अमात्य वा कल्पना नेपालीमध्ये एकजना हुने निश्चित छ । अन्य ३ जना फुल मन्त्रीको भने टुंगो लागेको छैन।

यसअघि तेस्रो पटक भएको मन्त्रिपरिषद विस्तार काङ्ग्रेस पार्टीको महाधिवेशनको कारण सहभागी भएको थिएन। त्यसैले पाण्डेले आज काङ्ग्रेसलाई मात्रै समेटेर मन्त्रिपरिषदलाई पूर्णता दिन लागेका हुन्। मुख्यमन्त्री पाण्डेले गठबन्धन दलमा भागवण्डा मिलाउन यसअघि नै ८ मन्त्रालयलाई विभाजन गरेर १४ पुर्याएका छन्।