काठमाडौँ – एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कप अन्तर्गत आज नेपालको महिला र पुरुष टोलीले प्रतिस्पर्धा गर्दैछन् । नेपालको महिला टोलीले आज माल्दिभ्सको सामना गर्नेछ ।
नेपालको महिला टोली आज लगातार दोस्रो जितको खोजीमा हुनेछ । बिहीबार भएको पहिलो खेलमा नेपालले श्रीलंकालाई ३–२ सेटमा हराएको थियो । यस्तै पुरुष टोलीले आज आयोजक उज्वेकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । नेपाल र उज्वेकिस्तानबीचको खेल साँझ ५ः४५ बजे सुरु हुनेछ । नेपाल आज पहिलो जितको खोजीमा हुनेछ । पहिलो खेलमा नेपाल बंगलादेशसँग ३–० को सेटमा पराजित भएको थियो ।


प्रतिक्रिया