समाचार

हिमाली क्षेत्रमा हिमपात, तराईमा हुस्सु र कुहिरोको सास्ती


काठमाडौँ – चिसो बढेसँगै देशको हिमाली तथा उच्च पहाडी क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा सामान्यतया मौसम सफा रहनेछ ।

आजराति पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा सामान्यतया मौसम सफा रहनेछ । देशको उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।

तराईका भू–भागमा बिहानको समयमा हुस्सुरकुहिरो लाग्नुका साथै देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

यसैबीच, आज बिहान ६ बजे काठमाडौंको तापक्रम ३.५ डिग्री सेल्सियस मापन गरिएको छ । दिउँसो १६ देखि १८ डिग्री सेल्सियससम्म तापक्रम पुग्ने छ ।