राजनीति

आगामी निर्वाचनमा एमालेले बहुमत प्राप्त गर्ने


काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सबै क्षेत्रका नेपालीहरुको प्रतिनिधित्व गर्ने एमालेले आगामी निर्वाचनमा बहुमत प्राप्त गर्ने दाबी गर्नुभएको छ । पर्साको जगरनाथपुर गाउँपालिका अध्यक्ष जालिम मियाँसहितका माओवादी केन्द्रलगायतका नेता कार्यकर्तालाई एमालेमा प्रवेश गराउँदै ओलीले विकाश निर्माणका लागि एमालेको विकल्प नभएको बताउनुभयो । एमालेले जति विकास कसैले गर्न नसकेको र विकास देख्न नसक्नेहरूले परामादेशको सरकार चलाएको ओलीको जिकिर छ । नेकपा माओवादी केन्द्रबाट गाउँपालिकाको अध्यक्ष जित्नुभएका मियाँ हिजो पर्सामा आयोजित कार्यक्रममा एमालेमा प्रवेश गर्नुभएको हो ।