राजनीति

एमसीसी संकट : ओलीको लगातार चुनौती, प्रचण्ड–बाबुरामलाई गठबन्धन फुट्ने डर (भिडियोसहित)


काठमाडौँ — एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सत्ताच्युतगर्दै पाँच दलीय मोर्चाका रुपमा उदाएको सत्ता गठबन्धन अहिले विभाजनको तहमा छ । एमसीसी सम्झौतामा गठबन्धनभित्रै मतभेद चुलिएपछि गठबन्धन संकटमा परेको हो । जुन प्रमुख प्रतिपक्ष एमालेको चाहना पनि हो ।

प्रधानमन्त्री शेरबहादुर देउवा विगतको आफ्नै कार्यकालमा हस्ताक्षर गरिएको एमसीसी सम्झौतालाई संसद्बाटै अनुमोदन गर्न चाहन्छन् । त्यही सरकारमा सामेल भएर एमसीसीमाथि समर्थन जनाएको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अहिले एमसीसी यथास्थितीमा पास गर्न चाहदैनन् । अनि दुईलाई भिडाएर अन्तरकलह चर्काउने अनि गठबन्धन भत्काउने तयारीमा एमाले अध्यक्ष केपी शर्मा ओली छन् ।

गिजोलिएको एमसीसी अनि यी तीन नेताको गोलचक्करमा अहिले राजनीति कचल्टिएको छ । ठुलो जनमत नै एमसीसीको विपक्षमा छ । सत्ताको नेतृत्व गरिरहेको नेपाली काँग्रेस एमसीसी पारित गर्नु सरकार दायित्व भन्दै पास गर्ने दृढ इच्छा देखाइरहेको छ ।

सत्ताको नेतृत्व गरिरहेको नेपाली काँग्रेसजुनसुकै मुल्य चुकाएर एमसीसीको पारित गर्ने तहमा पुग्दा सत्ता गठबन्धनमै आवद्ध माओवादी केन्द्रलाई यसले पोलिरहेको छ । एमसीसीमाथि देउवाको दृढ इच्छा र प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीको गठबन्धन भत्काउने खेलका बीचमा अन्य दल त्रसित बनेका हुन् । जसबाट आच्छआच्छु परेका प्रचण्डले गठबन्धन तोड्ने एमालेको प्रपञ्च भएको भन्दै रोषप्रकट गरिरहेका छन् ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच मत मिलेर एमसीसीको विपक्षमा उभिएको बेला गठबन्धनमै आवद्ध जसपाका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई पारित गर्नेपर्ने मत राखिरहेका छन् ।

सत्तामा रहँदा एमसीसी पास गर्ने भन्दै संसद्मा टेबल गराउन तयार भएको एमाले सरकारबाट बाहिरिएपछि मुख फेरेको छ । एमालेलेआफ्नो पालामासभामुख बाधक बनेको भन्दै अहिले सत्ता गठबन्धनका दलहरुको साझा धारणा माग गरिरहेको छ । र एमसीसी पारित गर्न देउवालाई गठबन्धनका दलहरुको पुच्छर समाएर रोकिन आवश्यक नभएको भन्दै उक्साइरहेको छ ।

सत्तापक्षभित्रको मतभेद र प्रतिपक्षको भड्काउने रणनीतिका अघि गठबन्धनै संकटमा छ । देउवालाई गठबन्धन भन्दा एमसीसी नै सहज भएको भन्दै विश्लेषकहरु ओली–देउवा मिलेर पनि पास गर्ने विश्लेषण गरिरहेका छन् ।

संसद्बाट पास एमसीसी सम्झौता होला कि नहोला भन्ने ठूलो चासो छ । ओली–देउवाको समीकरणसम्म आँकिएका बेला पारित गर्न साथ दिने या सत्ता गठबन्धन छाड्नुपर्ने चुनौतीविषेशगरि प्रचण्ड र माधव नेपालसामु आएको छ । किनकि देउवा ब्याक नहुने स्थितिमा पुगेपछि भने प्रचण्ड र माधव नेपालले एमसीसीलाई समर्थन नगरे सत्ता गठबन्धन तोडिने खतरा बढ्दै गएको छ ।