राजनीति

स्थानीय तहका २३२ कर्मचारीको सरुवा


काठमाडौँ — संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न स्थानीय तहमा कार्यरत थप दुई सय ३२ कर्मचारीको सरुवा गरेको छ ।

लोकसेवा आयोगबाट सिफारिस भई विभिन्न स्थानीय तहमा कार्यरत दुई सय ३२ कर्मचारीको मन्त्रालयले आज सरुवा गरेको हो ।

कर्मचारीले दिएका निवेदनका आधारमा उनीहरुको सरुवा गरिएको मन्त्रालयले जनाएको छ। यसअघि गत मंसिर २१ गते पनि मन्त्रालयले एक हजार ६१३ कर्मचारीको सरुवा गरेको थियो ।

‘स्थानीय तहमा नियुक्त भएका कर्मचारीहरुको व्यवस्थापनसम्बन्धी मापदण्ड २०७७’ अनुसार ती कर्मचारीको सरुवा गरिएको मन्त्रालयले जनाएको छ ।