राजनीति

एमाले अध्यक्ष ओलीलाई १५१ किलोको माला


काठमाडौँ — एमाले अध्यक्ष केपी ओलीलाई एक सय ५१ किलोको मालाले स्वागत गरिएको छ ।

नेकपा एमालेको जिल्ला समिति पर्साले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा पार्टी कार्यकर्ताहरुले उनलाई १ सय ५१ किलोको मालाले स्वागत गरेका हुन् ।

जगरनाथपुर गाउँपालिकामा राखिएको पार्टी प्रवेश कार्यक्रमका लागि ओली पर्सा गएका थिए । उनले विभिन्न पार्टी छाडेर एमाले प्रवेश गर्नेहरुलाई स्वागत गर्नेछन् ।