राजनीति

न्यायपालिकाको समस्यामा निकास दिन प्रधानमन्त्रीलाई महान्यायाधिवक्ता आग्रह


काठमाडौँ — महान्यायाधिवक्ता खम्मबहादुर खातीले न्यायपालिकाको समस्यामा चाँडै निकास दिन प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका छन् ।

बिहीबार महान्यायाधिवक्ता कार्यालयको ७१ औं स्थापना दिवसको कार्यक्रममा महान्यायाधिवक्ता खातीले न्यायालयमा देखिएको अन्योलमा चाँडो भन्दा चाँडो निकास दिन आग्रह गरेका हुन् ।