काठमाडौँ — पछिल्लो २४ घण्टामा थप २९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
९ हजार ५१० जनाको पीसीआर परीक्षण गर्दा २४१ जना र २ हजार ११६ जनाको एन्टीजेन परीक्षण गर्दा ५२ जना गरी २९३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ भने २६३ जना निको भएका छन् । योसँगै नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ५८१ पुगेको छ भने ८ लाख ९ हजार ९२२ जना संक्रमणमुक्त भएका छन् ।
प्रतिक्रिया