राजनीति

बिचौलियहरुले संविधान खारेज गरेर परिवर्तन उल्टाउन खोजे : प्रचण्ड


काठमाडौँ — नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विचौलियहरुले संविधान नै खारेज गरेर अहिलेको परिर्वतन नै उल्टाउन खोजिरहेको आरोप लगाएका छन् ।

राष्ट्रिय सम्मेलनको पूर्वसन्ध्यामा न्युज एजेन्सी नेपालसँगको अन्तर्वार्तामा प्रचण्डले भने, ‘ठूलो त्याग आन्दोलनबाट ल्याएको संविधानमा नयाँ ढंगबाट जाने सम्भावना छ । यो परिवर्तन नरुचाउनु दलाल पूँजीपति या विचौलियहरुले संविधान खारेज गरेर सिस्टममै उल्टाउन लागिरहेका छन् । हामी संविधानलाई रक्षा गर्दै अगाडि जाने पक्षमा छौँ ।’

नीति र नेतृत्वबीचमा अविभाज्य सम्बन्ध रहने बताउँदै निती जसको हुने उसकै नेतृत्व हुँदा राजनीति र पार्टीले अगाडि बढ्ने उनले बताए । नेतृत्व पाँच-पाँच वर्षमा फेर्नुपर्छ भन्ने सिद्धान्त विचारलाई नयाँ ढंगले अगाडि बढाउने क्षमता राख्नुपर्ने उनको भनाइ छ ।

‘जनयुद्धको क्रममा पार्टीमा धेरै बहस छ र छलफल चल्यो समानता र स्वतन्त्रताको लागि लडे । त्यसको उठान र नेतृत्व मैले गरेँ। त्यसैमा टेकेर प्रचण्डपथ पनि भनियो । माओवादीलाई बुर्जुवा बनाउनको लागि कति बसिरहेको भनिरहेका छन्’ प्रचण्डले भने, ‘म राष्ट्रको हित र जनता विकास र मुक्तिको लागि बसिरहेको छु। मैले अन्तिमसम्म लड्छु भनेकाले साथीहरुले साथ दिएका छन् ।’

व्यक्तिगत रुपमा आफूलाई रिटायर भएर संस्मरण लेख्न मन भएको उनले बताए । प्रचण्डले भने, ‘व्यक्तिगत रुपमा त मलाई पदमा बस्नुभन्दा त रिटायर भएर संस्मरण लेख्ने मन छ । तर, मैले जुन दस्तावेज बनाएको छु त्यसलाई राष्टिय सम्मेलनले गर्छ नेतृत्वको ।’

माओवादी विचार र बहस केन्द्रीत भएको दाबी गरे । ‘राष्टिय सम्मेलनको लागि मैले दस्तावेज लेखेको छु । पहिला विश्वको अवस्था, अहिलेको अर्थतन्त्र र उत्पादन, नेपालको सन्दर्भमा विकास आर्थिक सांस्कृतिक बाटो कहाँनिर छ भन्नेमा जोड दिएको छु’ प्रचण्डको भनाइ छ ।

हेटौँडा महाधिवेशनमा समाजवादको यात्रा प्रारम्भ गर्नुका साथै उत्पादन वृद्धिको अवधारणा तय गरेर पार्टी यहाँसम्म आएको उनको भनाइ छ ।