राजनीति

पार्टीको चुनावमा सामेल भए प्राध्यापकलाई कारवाही गर्ने त्रिविको चेतावनी


काठमाडौँ – त्रिभुवन विश्वविद्यालयले विश्वविद्यालयमा कार्यरत सबै प्राध्यापक, कर्मचारीलाई राजनीतिक दलको उम्मेदवार तथा प्रतिनिधि भएमा कारवाही गर्ने चेतवानी दिएको छ । त्रिभुवन विश्वविद्यालय र अन्य विद्यालयका पदाधिकारी, प्राध्यापक, शिक्षक र कर्मचारी पनि राजनीतिक दलको चुनावमा होमिएपछि त्रिविले सार्वजनिक सूचना जारी गरेर कारबाहीको चेतावनी दिएको हो ।

त्रिविको कर्मचारी प्रसाशन महाशाखाले विश्वविद्यालयका कर्मचारी तथा शिक्षकहरू राजनीतिक दलका महाधिवेशन र विधान अधिवेशनमा भाग लिएका समाचार आएको भन्दै विभागीय कारबाहीको चेतावनी दिएको हो । महाशाखाले विश्वविद्यालयको शिक्षक कर्मचारी सेवासम्बन्धी नियम २०५० की नियम ६७ मा राजनैतिक निर्वाचनमा उम्मेदवार व्यवस्था भएको स्मरण गराउँदै त्यसो गरेको पाइएमा कारबाही गर्ने चेतावनी दिएको हो ।

कुनै दलबाट उम्मेदवार बन्न चाहेमा मनोनयन दर्ताको दिनभन्दा १५ दिनअघि नै राजनीनामा दिइसकेको हुनुपर्ने नियममा व्यवस्था छ ।