राजनीति

किशुनजीको ९८ औं जन्मजयन्ती मनाइदै


काठमाडौँ – पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराईको ९८ औं जन्मजयन्ती आज मनाइदै छ । नेपाली कांग्रेसले कार्यक्रम गरी नेता भट्टराईको योगदानको स्मरण गर्दैछ ।

किशुनजीका नामले परिचित सन्त नेता भट्टराई राजनीतिमा निष्ठा र मूल्य मान्यताप्रतिको प्रतिवद्धताकै कारण पञ्चायती तानाशाही शासन व्यवस्थामा १४ वर्ष जेल बस्नुभएको थियो । भट्टराईले २०४७ सालको संविधान निर्माण र कार्यान्वयनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो । पार्टीले विचार त्यागेको भन्दै भट्टराईले जीवनको उत्तरार्धमा कांग्रेस परित्याग गर्नुभएको थियो ।