राजनीति

माओवादी प्रदेश–१ को अध्यक्षमा हर्कबहादुर नेम्वाङ विजयी


काठमाडौँ – नेकपा माओवादी केन्द्रको प्रदेश–१ अध्यक्षमा हर्कबहादुर नेम्वाङ विजयी हुनुभएको छ । पदाधिकारीका लागि भएको निर्वाचनमा नेम्वाङ लोकप्रिय मतसहित अध्यक्षमा निर्वाचित हुनुभएको हो ।

नेम्वाङले १ सय ६९ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी मुक्सामहाङ म्याङवोले ६४ मतमात्र ल्याउनुभयो । अन्तिम समयसम्म अध्यक्षका लागि प्रयास गर्नुभएका शिवकुमार डाँगी उपाध्यक्षमा सहमत हुनुभएको थियो । डाँगी ११३ मतसहित उपाध्यक्षमा विजयी हुनुभएको छ । माओवादीले प्रदेश सम्मेलन मंसिर २५ र २६ गते गरेको भए पनि नेतृत्वका आकांक्षी धेरै भएपछि पदाधिकारी चयन हुन भएको थिएन ।

प्रदेश अधिवेशन पदाधिकारी विनै २ सय ४० सदस्य चयन गरेर सकिएको थियो । सदस्यहरूले मतदान गरेर पदाधिकारी टुंग्याएका हुन् ।