राजनीति

कांग्रेस प्रदेश २ को अधिवेशन जारी, कडा सुरक्षाबीच मतदान हुँदै


काठमाडौँ – प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले प्रदेश २ दुई अधिवेशन कडा सुरक्षाका बीच भइरहेको छ । सुरक्षामा नेपाल प्रहरी र शसस्त्र प्रहरी खटिएका छन् ।

प्रदेश सभापतिमा केन्द्रीय सभापति शेरबहादुर देउवा पक्षबाट कृष्णप्रसाद यादव र शेखर कोइराला– विमलेन्द्र निधि पक्षबाट रामसरोज यादव प्यानलसहित चुनावी मैदानमा होमिनुभएको छ । अधिवेशनको क्रममा कुटकुट भएपछि बुधबार हुने तय गरिएको मतदान बिहीबारका लागि सारिएको हो ।

निर्वाचन समितिले भने मतपत्र छपाईमा ढिला भएकाले बुधबारको मतदान बिहीबारका लागि सारिएको दाबी गरेको छ। कृष्ण प्यानलबाट उपसभापतिमा चन्द्रशेखर यादव र वीरेन्द्र सिंह उम्मेदवार हुनुहुन्छ । यस्तै, रामसरोज प्यानलबाट उपसभापतिमा धनलाल ठोकर र बिनोद खनाल उम्मेदवार हुनुहुन्छ ।

दुई महामन्त्रीका लागि रामसरोजको प्यानलबाट नरेश यादव र हरेसप्रसाद महतो तथा कृष्ण प्यानलबाट उपेन्द्र यादव र वृहस्पतिकुमार श्रेष्ठ प्रतिष्पर्धामा हुनुहुन्छ ।