राजनीति

कांग्रेस प्रदेश २ : कसको मुक्का कहाँ पर्‍यो अन्दाजसमेत भएन


काठमााडौँ — बुधबार दिउँसो जनकपुरधाम तनावग्रस्तमात्रै बनेन्, केही समयका लागि रणभूमि नै बन्यो । एउटै पार्टीका नेता कार्यकर्ता एकअर्काविरुद्ध उत्रिएनन् मात्रै, ग्याङ फाइट नै गरे । सयौंको बीचमा भएको हुलदंगामा कसको मुक्का कहाँ प¥यो कि अन्दाजसमेत भएन् । तर पर्न चाहीँ आफ्नै पार्टीकामाथि प¥यो ।

यसरी पुज्यभूमिका वितण्डा मच्चाउने नेता कार्यकर्ता हुन् नेपाली काँग्रेसका । सभापति शेरबहादुर देउवा पक्ष र सभापति हारेका विमलेन्द्र निधि पक्ष बीच जनकपुरधाममा बुधबार कुटाकुट नै भएको छ ।

तोकिएकै मितिमा अधिवेशन हुन नसक्दा पार्टीको केन्द्रीय महाधिवेशन सकिएपछि प्रदेश दुई बुधबार अधिवेशन भइरहेको छ । प्रदेश सभापतिका लागि देउवा पक्षका कृष्ण यादव र विमलेन्द्र निधि पक्षका रामसरोज यादव चुनावी मैदानमा छन् । रामसरोजलाई कोइराला पक्षले समेत समर्थन गरेको छ । बुधबार नै मतदान हुनुपर्ने र रातिको समयमा मतदान गर्न नहुने भन्दै निधि पक्ष नारावाजीमा उत्रिएपछि दुई पक्षबीच हुलदंगा मच्चिदा झडप भएको हो । कुटाकुट नै भएपछि बुधबारको मतदान पनि स्थगित भएको छ ।

चितवनको नारायणतिरमा भएका एमाले महाधिवेशनलाई नेपाली काँग्रेसका महामन्त्री गगन थापाले ओलीवेशन भनेका थिए । एमालेजनले त्यसको जवाफ फर्काउँदा काँग्रेस अधिवेशनलाई गोलीवेशन भनिरहेका थिए । किनकि अधिवेशनकै कारण प्यूठानमा गोली चलेको थियो भने रुपन्देहीमा उस्तै हुलदंगा मच्चिएर टाउका फोडाफोडा भएको थियो । उस्तै दृश्य बुधबार प्रदेश दुईको पुज्यभूमि जनकपुरधाममा देखिएको हो ।