देश

देउवाको सन्तुलित परराष्ट्र नीति, असन्तुलित छिमेक सम्बन्ध (भिडियोसहित)

नेपाल–भारत सम्बन्धमा सुधार आएको हो ?


काठमाडौँ — पछिल्लो समयदुई छिमेकी मुलुक नेपाल र भारतबीचको सम्बन्धमादरार आएको छ । सीमा विवादका कारण नयाँ दिल्ली र काठमाडौँबीचको कूटनीतिक सम्बन्ध विश्वासको सङ्कटमा छ । यघपी भारतीय रक्षामन्त्री राजनाथ सिंहले नेपालसँगको सम्बन्ध अटुट रहेको प्रष्टाएका छन् ।
२०७२ सालको महाभुकम्पका कारण शिथिल बनेको नेपाल भारतले गरेको अघोषित नाकाबन्दीका कारण थप प्रताडित बन्यो । त्यसपछि नेपालले लिपुलेक लिम्पियधुरा क्षेत्र समेट्दै नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेपछि नेपाल भारत सम्बन्धमा थप तिक्तता थपियो । गत साउनमा भारतीय सुरक्षाबल एसएसबीले तुईन काटिदिँदा दार्चुलाका जयसिंह धामीको वेपत्ता भए । सीमा क्षेत्रमा भारतको दादागीरी अझै उस्तै छ । यस्तै चरणवद्धघटनाका कारण नेपाल भारत सम्बन्धमा तिक्तता बढेकै छ ।

नेपाल सरकारले औपचारिक रुपमा यी घटनाको खण्डन मात्र गरेन कुटनीतिक नोट मार्फत छलफलका लागि आग्रह गरे । तर भारतले नेपालले पठाएको कुनै पनि कुटनीतिक नोटको जवाफ दिएन । नेपाल–भारतबीचको सम्बन्धलाई सुदृढ र सुमधुर बनाउन विज्ञ समूहबाट सुझाव प्रतिवेदन भारतले समय नदिँदा विगत ३ वर्षदेखि अलपत्र अवस्थामा छ ।नाकाबन्दी यता चिसिएको नेपाल भारत–सम्बन्ध कहिल्यै सुमधुर बन्न सकेन भन्दा फरक पर्दैन ।
प्रधानमन्त्री शेर बहादुर देउवाले आफ्नो सय दिनको मुख्य उपलब्धि नेपाल पहिला र सन्तुलित परराष्ट्रनीति उद्घोष गरे पनि उपलब्धि शुन्य प्राय छ । नेपाल भारतबीच अझै पनि कुटनीतिक प्रयास प्रभावकारी बन्न सकेको छैन । यद्यपि केहि पहिले भारतीय रक्षामन्त्री राजनाथ सिंहले दिएको एउटा अभिव्यक्ति कुटनीतिक क्षेत्रमा चासोका साथ हेरिएको छ ।

सीमा विवादका कारण नेपाल–भारत सम्बन्ध आत्मीय भएर पनि आलोचित र घनिष्ठ भएर पनि विवादितपूर्ण छ । तर राजनाथको यो अभिव्यक्तिले कुटनीतिक क्षेत्रमा चासो बढाएको छ । विज्ञहरुले आ–आफ्नै तरिकाले विश्लेषण गरिरहेका छन । संवादहिनताको अवस्थामा रहेको नेपाल–भारत सम्बन्ध संवादमा फर्किएको धेरैको अनुमान छ । दुई मुलुकबीच नयाँ सरकार आएपछि विगतमा गुमेको विश्वास फर्काउने प्रयास भईरहेको परराष्ट्र मामिलाका जानकारहरु बताउँछन ।

प्रधानमन्त्री हुन वित्तिकै दिल्लीबाट विदेश भ्रमण सुरु गर्ने चलन अहिले रोकियो । नयाँ सरकार गठन भएको यत्तिका समय वित्दा पनि दुई मुलुककाबीच उच्च पदस्थ भ्रमण भएको छैन । अनौपचारिक रुपमा साना तिना राजनीतिक भ्रमण भने जारी छ । देउवा सरकारले भारतसँगको सम्बन्ध सुधार गर्न ट्राय्क टु डिप्लोमेसीलाई जोड दिइएको दावी गर्दै आएको छ । तथापि भारतसँग सम्बन्ध सुध्रिएको संकत अझै मिलेको छैन ।