राजनीति

माओवादी प्रदेश १ : साँझ ७ बजेदेखि निर्वाचन


काठमाडौँ — नेकपा माओवादी केन्द्र प्रदेश १ कमिटीका पदाधिकारी छान्न बुधबार साँझ ७ बजेदेखि मतदान हुने भएको छ ।
बुधबार दिउँसो बसेको प्रदेश कमिटी बैठकले बेलुका ७ बजेदेखि निर्वाचनको निर्णय गरेको हो ।

सहमतिको प्रयास असफल भएकपछि पदाधिकारीमा निर्वाचन हुने भएको हो । निर्वाचनको सम्पूर्ण तयारी भइसकेको निर्वाचन समिति प्रमुख राजेन्द्र किराँतीले बताएका छन् । निर्वाचनमा दुई सय ६९ सदस्यीय कार्यसमिति सदस्यले अध्यक्षसहित नौजना पदाधिकारीका लागि मतदान गर्नेछन् ।

यो निर्वाचनमा अध्यक्षका लागि हर्कबहादुर नेम्वाङ र मुक्साहाङ मेन्याङ्बो (मुकेश) बीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । अन्य केही नेताले पनि अध्यक्षमा आकांक्षा देखाएका छन् । अध्यक्षतर्फ मुकसाहाङ मेन्याङ्बो, हर्कबहादुर नेम्वाङ र कुबेर श्रेष्ठले उम्मेदवारी दिएका छन् । तीन उपाध्यक्षतर्फ १२ जना, सचिव १ मा ३ जना, सहसचिव ३ मा १४ जना कोषाध्यक्ष १ मा ३ जनाले मनोनयन दर्ता गराएका छन् ।