राजनीति

कांग्रेस १४ औँ महाधिवेशन : मतगणना आज सकिने


काठमाडौँ — नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत जारी मतगणना आज (बुधबार) सकिने भएको छ ।

दलित, जनजाति, खस आर्य र आदिवासीको मतगणना गरिसकेपछि १४ औँ महाधिवेशनअन्तर्गत जारी मतगणना आज सकिने निर्वाचन समितिले जनाएको छ।

नेपाली कांग्रेस १४ औँ महाधिवेशनमा निर्वाचन समितिका अनुसार अब तीनवटा क्लस्टरको मतगणना बाँकी रहेको जनाएको छ। करिब दुई हजारको संख्यामा मत गणना गर्न बाँकी रहेको र आज साँझ अबेरसम्म नतिजा आइसक्ने निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठले भने, ‘तीनवटा क्लस्टरमा आदिवासी, जनजाति, दलित र खस आर्य तीनवटै क्लस्टरको करिब दुई हजारको संख्यामा मत गणना बाँकी छ । त्यो मत हामी बेलुकासम्म गनेर सिध्याउँछौँ कि भन्ने आशा गरिरहेको छु । हामी लेटइभिनिङसम्म गणनाको काम सक्नेछौँ ।’

कांग्रेसमा पदाधिकारीसहित निर्वाचित केन्द्रीय सदस्यको सङ्ख्या १३४ जनाको हुने व्यवस्था छ । सभापतिले मनोनित गर्ने ३३ जनासहित कुल केन्द्रीय समिति सदस्य संख्या १६७ जनाको हुन्छ । सभापतिमा शेरबहादुर देउवाले जित हात पारेका छन् भने पदाधिकारीसहित केन्द्रीय समितिमा उनी पक्षको स्पस्ट बहुमत छ ।