राजनीति

कांग्रेस कार्यकर्ताबीच जनकपुरमा मुक्का हानाहान


काठमाडौँ — नेपाली कांग्रेसको प्रदेश —२ को अधिवेशनका क्रममा बुधबार कार्यकर्ताहरूबीच मुक्का हानहान भएको छ । बुधबार साँझ मतदानस्थल गोपाल धर्मशालामा नारा लगाइरहेका दुई पक्षका कार्यकर्ताबीच मुक्का हानाहान भएको हो ।

प्रदेश २ मा सभापति शेरबहादुर देउवा समूह एकातिर छ भने र चौधौं महाधिवेशनबाट सभापति पराजित शेखर कोइराला र विमलेन्द्र निधिको अर्को समूह बनेको छ ।

देउवा पक्षले आजै चुनाव गराउन चाहेको छ भने कोइराला(निधि पक्षले राति चुनाव गर्न नहुने माग गरिरहेको छ । एक पक्षले निर्वाचन रोक्ने र एक पक्षले गराउन नाराबाजी गरेपछि विवाद भएको कांग्रेसका धनुषा सभापति महेशशंकर गिरीले जानकारी दिए ।