राजनीति

चिनियाँ राजदूत यान्छी र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता


काठमाडौँ — नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले प्रमुख प्रतिपक्षी नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेकी छन् ।

राजदूत होउले ओली निवास बालकोट पुगेर सोमबार दिउँसो अध्यक्ष ओलीसँग एक्लै डेढ घण्टा लामो संवाद गरेकी हुन् । एमाले विदेश विभाग प्रमुख राजन भट्टराईले चिनियाँ राजदूतले अध्यक्ष ओलीसँग भेट गरेको पुष्टि गरेका छन् ।