राजनीति

एमालेद्वारा प्रतिनिधिसभा अवरुद्धलाई निरन्तरता


काठमाडौँ – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले बुधबार पनि प्रतिनिसभा बैठक अवरुद्ध गरेको छ । सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुरु गर्न साथ एमाले सांसदहरुले वेल घेराउसहित चर्का नाराबाजी गर्दै प्रतिनिधिसभा अवरुद्धलाई निरन्तरता दिएका हुन् ।

एमालेले ‘पक्षपूर्ण व्यवहार बन्द गर’, संसदीय मर्यादा कायम गर, पार्टी फुटाउने षडयन्त्र मुर्दावाद भन्नेलगायतका नाराहरू लगाउँदै विरोध जनाएका थिए । सभामुख सापकोटाले सभालाई सूचारु गराएर आफ्ना असहमति राख्न पटक पटक आग्रह गरेपनि एमालेले भने विरोधको क्रमलाई जारी नै राखे ।