राजनीति

वाग्मती प्रदेशसभाको बैठक बस्दै


काठमाडौँ – वाग्मती प्रदेशसभाको नवौँ अधिवेशनको बैठक आज दिउँसो १ बजेका बस्दै छ । बैठक बस्नुअघि साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने भएको छ ।

संसद् सञ्चालनका लागि आवश्यक छलफल गर्न सभामुख सानुकुमार श्रेष्ठले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन् । सोही बैठकबाट प्रदेशसभा बैठकको कार्यसूची तय हुने जनाइएको छ ।

वाग्मती प्रदेशसभामा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका ४३, माओवादी केन्द्रका २३, नेपाली कांग्रेसका २२, एकीकृत समाजवादीका १३, जसपाका एक, नेमकिपाका दुई, राप्रपाका दुई र विवेकशील साझाका तीन गरी कुल १०९ सांसद छन् । मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले विश्वासको मत पाएपछि प्रदेशसभाको बैठक बसेको छैन ।