काठमाडौँ – शेयर प्रिमियमबाट बोनस शेयर जारी गर्ने निकायलाई आयकरको प्रभाबका सम्बन्धमा तयार गरीएको अध्ययन प्रतिवेदन सार्वजनिक भएको छ । नेपाल चार्टर्ड एकाउण्टेण्टस् संघले तयार पारेको अध्ययन प्रतिवेदनमा आएको निष्कर्षमा शेयर प्रिमियम कर्पोरेट शव्द हो कर शव्द होइनभन्ने उल्लेख गरेको छ । उक्त अध्यायन प्रतिवेदनले करमा यो ‘पूँजी योगदान’ मा समावेश हुन्छ भन्ने देखाएको छ । मुनाफाबाट शेयर प्रिमियममा थपिएमा (पूँजिकरण गरिएमा) त्यो लाभांस हुने प्रतिवेदनको निकर्ष रहेको छ ।
शेयर प्रिमियमबाट बोनस शेयर जारी गर्ने गरी पूँजिकरण गरिएमा कर लेखाङ्कनका लागि त्यो‘पूँजी योगदान’ बाट ‘पूँजी योगदान’ भैरहन्छ अर्थात कर लेखाङ्कनको कारोवार नहुने उक्त प्रतिवेदनले देखाएको छ । कर लेखाङ्कनमा असरै नगर्नेहुनाले कर लाग्ने वा नलाग्ने विषय नै नहुने आइक्यानको प्रतिवेदनमा उल्लेख छ ।
प्रतिक्रिया