राजनीति

संसद् बैठक बस्दै (कार्यसूचीसहित)


काडमाडौँ – प्रनिनिधि सभा बैठक आज पनि बस्दैछ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसद् निरन्तर अवरुद्ध गर्दै आएको छ । तर एमाले अवरोध बीच सभामुख अग्नी सापकोटाले बैठकको काम कारबाही अगाडि बढाउँदै आउनुभएको छ ।

एमालेको अवरोधबीच सरकारले अध्यादेश र विभिन्न प्रस्ताव पेस गर्ने काम गरिरहेको छ । दिउँसो १ बजे बस्ने बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनुहुनेलगायतका कार्यसूची रहेको संघीय संसद् सचिवालयले छ ।

बैठकमा गृहमन्त्री बालकृष्ण खाँडले नेपाल प्रहरी र प्रदेश प्रहरी अध्यादेशको प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।