राजनीति

न्याय सेवा आयोगको बैठक बस्दै, जिल्ला न्यायाधीशको लिखित परीक्षाको नजिता प्रकाशन गर्ने


काठमाडौँ – प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले न्याय सेवा आयोगको बैठक बोलाउनुभएको छ । आयोगको बैठक आज दिउँसो तीन बजेका लागि बोलाइएको छ । बैठकले जिल्ला न्यायाधीशको लिखित परीक्षाको नजिता प्रकाशन गर्ने न्याय परिषद्का प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिनुभयो ।

आयोगमा प्रधानन्यायाधीश अध्यक्ष रहने व्यवस्था छ भने सदस्यमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री, सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश, महान्यायाधिवक्ता र लोकसेवा आयोगका अध्यक्ष रहने कानुनी व्यवस्था रहेको छ । तर नेपाल बारले आयोगका सदस्यलाई बैठकमा सामेल भएर प्रधानन्यायाधीश जबरालाई वैधता नदिन अनुरोध गरेको छ । बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले आफूहरुको आन्दोलनको भावना बुझ्न र बैठकमा अनुपस्थित भएर सहयोग गर्न आग्रह गर्नुभएको हो ।