राजनीति

संससद्मा आफ्नो उपस्थितिले ओलीको सातो गएको नेपालको भनाई


काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले संसदमा आफ्नो उपस्थितिले एमाले अध्यक्ष केपी शर्मा ओलीको सातो गएको बताउनु भएको छ । पूर्वप्रधानमन्त्री समेत रहनु भएका अध्यक्ष नेपालले संसदमा आफ्नो उपस्थितिले ओलीको सातो गएपनि आफूहरुको ध्येय भने कम्युनिष्ट आन्दोलन र नेपाल राष्ट्रको गरिमालाई उचो बनाउनु रहेको बताउनु भयो ।

पोखरामा आयोजित पार्टीको गण्डकी प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रममा बोल्दै उहाँले एमालेले संसदमा संविधानको सम्मान गर्ने नारा लगाएपनि कहिल्यै सम्मान नगरेको दावी गर्नु भयो । एमालेले संसदीय मर्यादाको समेत पालना नगरेको अध्यक्ष नेपालको आरोप थियो ।

अध्यक्ष नेपालले एमालेले संसदबाट आफूहरुलाई हटाउन दवाव दिएपनि त्यो अधिकार कसैलाई नरहेको बताउनु भयो । उहाँले एमाले आफ्नो पार्टीको प्रमुख प्रतिद्वन्द्वी भएको पनि बताउनु भयो । उहाँले एमाले ओलीको प्राईभेट कम्पनीमा रुपान्तरण भईसकेको दोहो¥याउनु भयो ।।