राजनीति

देशभर लगातार चिसो बढ्दै


काठमाडौँ – राजधानीमा आज बिहानको तापक्रम ३.४ डिग्री सेल्सियस रहेको छ । बिहान ६ बजे काठमाडौँमा ३.४ डिग्री सेल्सियस तापक्रम मापन गरिएको हो ।

राजधानीको अवस्था पनि तराईको जस्तै बनेको छ । आज कुहुरो र हुस्सु पनि लागेको छ । आज हुस्सु र कुहिरोले चिसो बढेको छ । दिउँसो काठमाडौँको तापक्रम १६ देखि १८ डिग्री सेल्सियससम्म पुग्ने मौसम विभागले जनाएको छ ।

आज पूर्वी नेपालको हिमाली तथा उच्च पहाडी भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । तराईका केही क्षेत्रमा हुस्सु र कुहिरो लागेको छ । एकपटक पानी परेपछि तराईमा शितलहर सुरु हुने सम्भावना रहेको छ ।

चिसो बढ्ने क्रममा रहेको छ ।आज बिहान काठमाडौंको भिजिविलिटी ५ किलोमिटर रहेको छ ।