राजनीति

एमसीसी राष्ट्र घाती हो त ? जनताको चाहना के ?


काठमाडौँ — जनस्तरबाट चर्को विरोध भैरहेको विषय हो एमसीसी । यसविरुद्ध यती बेला संसद बाहिर रहेका दलले सडक आन्दोलन समेत गरीरहका छन । तर आजको संसद बैठकमा कार्यसुचिमै नरहेको एमसीसीको विषय उठेपछि यसले झनै चर्चा बटुलेको छ ।

जनस्तरबाट एमसीसीको चर्को विरोद भै रहेका बेला संसदमा पनि यसबारे प्रश्न उठेको छ । मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा कार्यसूची बाहिर गएर नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले एमसीसी परियोजनाको विरोध गरे । बैठकमा केहि अध्यादेशको प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको थियो ।

बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले एमाले सांसदहरुको विरोधका बीच ती दुई अध्यादेश अस्वीकार गरियोस् भन्ने सूचना प्रस्तुत गर्न सांसद सुवाललाई ३ मिनेटको समय दिएका थिए । त्यो समयमा उनले कार्यसूचीमा रहेको विषयमा नबोली एमसीसी परियोजनाको विरोध गरे ।

उनले प्रमुख प्रतिपक्षी दलले संसद अवरोध गरेका बेला कार्यसूची अघि बढाउनु संसदीय मर्यादा नभएको बताउँदै संसद बैठक स्थगित गरेर वार्ता गर्न आग्रह गरे । उनले संसद अवरुद्ध रहेका बेला विरोधका बीच देशघाती एमसीसी सम्झौता पनि यसरी नै पेश हुने त हैन भन्दै आशंका ब्यक्त गरे ।

यतिवेला एमसीसीको विरोधमा संसद बहिरका दल हरुले पनि सडक आन्दोलन गदै आएका छन । एमसीसी खारेज गर्न माग गर्दै आएका मोहन बैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), नेकपा मालेसहितमा राजनीतिक दलहरुले मंगलबार पनि काठमाडौंमा विरोध प्रर्दशन गरे । एमसीसी अनुदान नभएकाले अमेरिकाले नेपाललाई सैन्य रणनीति भित्र पारेर चीनसँग लड्नको लागि नेपाललाई अखडाको रुपमा प्रयोग गर्न चाहेको उनीहरुको आरोप छ ।

एमसीसी सम्झौता संसदबाट पास होला कि नहोला भन्ने ठूलो चासो जनमानसमा छ । आ आफ्नो स्वार्थअनुरुप कुनैपनि संझौतालाई व्याख्या गर्ने परीपार्टीका कारण एमसीसी थप गिजोलिएको छ । एमसीसीलाई लिएर जारी विवादले सत्ता गठवन्धनमा पनि फाटो आउने आँकलन भैरहेको छ ।