राजनीति

कसका लागि कस्तो बन्यो काँग्रेसको महाधिवेशन ? (भिडियोसहित)

कसका लागि कस्तो बन्यो महाधिवेशन ?


काठमाडौँ — नेपाली काँग्रेसको १४ औं महाधिवेशनबाट आउने आगामी नेतृत्वको अधिकांश मतपरिणाम आइसकेको छ । सभापतिदेखि केही केन्द्रीय सदस्यको परिणाम आए पनि पुरा परिणाम आउन अझै केही दिन पर्खिनु पर्ने भएको छ । आखिर कसका लागि कस्तो बन्यो त महाधिवेशन ?

नेपाली काँग्रेसको १४ औं महाधिवेशन सबैभन्दा धेरै घातक नेता प्रकाशमान सिंह र विमलेन्द्र निधिका लागि बन्यो । आफुलाई हर्ताकर्ता आँकेर आफुले कसैलाई नछोड्ने, सबैले आफुलाई छोड्नुपर्ने भन्दै महाधिवेशनमा होमिएका उनीहरु लज्जाजन कहार ब्यहोरेपछि अहिले निवासमा थन्किएर बसेका छन् । उस्तै सर्मनाक हार ब्यहोरेका सुजाता कोइराला र मिनेन्द्र रिजालसमेत आफ्नो अवस्था प्रति चिन्तित बनेर आफैमाथि सोच्न थालेका छन् । रिजालले रक्षामन्त्रीको जिम्मेवारीबाट राजीनामा दिएर आफ्नो समिक्षा गरिरहेका छन् । कोइराला अस्ताउँदा राजनीतिक भविष्यलाई हत्केलामा राखेर आगामी दौडको कल्पना गरिरहेकी छन् ।

महाधिवेशनमा सातदशक पारीको पार्टीमा पाँच दशकको विरासत बोकेको कोइराला परिवार तितरबितर बनेको छ । आफ्नै दाई भाइ त्यागेर फरक समीकरणमा होमिएकी सुजाताको जस्तै हार शेखरले समेत ब्यहारेका छन् । सभापतिको प्रतिस्पर्धामा आफ्नै परिवारबाट साथ नपाएका उनी सम्मानजनक मत ल्याएर बरु सन्तुष्ट देखिन्छन् ।

सभापति नपाएपछि तीनै टीमको साझा बनेर केन्द्रीय सदस्य लडेका शशांक कोइरालाभने महाधिवेशनकै सर्वाधिक मतल्याएर दंग छन् । उनी आफुलाई आगामी नेतृत्वका रुपमा हेरिरहेका छन् । गगनथापा र विश्वप्रकाश जस्ता युवाहरु थोरै भएपनि बढ्यौली पुस्तालाई पाखालगाएर महामन्त्रीमा उदयपछि रुपान्तरणको कुरा गरिरहेका छन् ।

पुनः सभापतिमा दोहोरिएका प्रधानमन्त्री शेरबहादुर देउवा मंसि र पुसको कठ्याङरिदो जाडोमा दुई हात जोडेर मागेको भोट खेर नगएकोमा दंग छन् । आगामी नेतृत्व महाधिवेशन प्रतिनिधिकै हातमा रहेपछि हारिने त्रासकै कारण देउवाले देखाएको चित्कारले लोकतान्त्रिक अभ्यासकै सुन्दर चित्र देखाइरहेको थियो । उसै गरि हातजोड्दै प्रतिनिधिकाबीच मागिड्गिडा एका अर्बपति विनोद चौधरीसमेत मधेशी कोटामा केन्द्रीय सदस्यनिर्वाचितभएका छन् ।

पहिलो पटक पदाधिकारीमा पुगेका धनराज गुरुङ उपसभापति बन्दा विजयकुमार जस्ता बलिया नेताहरु पछारिए । मात्र दुई मतमा गच्छदार पछारिदाँ उनीनिकट गणेश लामा जस्ता डन पृष्ठभूमिका व्यक्तिलाई भोटरले स्वीकारेका छन् । पहिल्यै पदाधिकारी रहेका केही नेताभने बाध्यताबस् केन्द्रीय सदस्यमा थन्किए । पूर्वसहमहा मन्त्री सुनिल थापा, अर्जुन नरसिंह केसी र बलबहादुर केसी जस्ता नेताहरु समूह विभाजन हुँदा चाहेको पदमा उठ्न पाएनन् । बरु केन्द्रीय समितिमा १६ बढी नयाँ अनुहार आए । नेविसंघका ११ पूर्वअध्यक्ष् ापदाधिकारीदेखि केन्द्रीय समिति अटाए ।

प्रधानमन्त्री पत्नी आरजु देउवा तेस्रो भारी मतल्याएर खुल्लातर्फको महिला सदस्यमा निर्वाचित भइन् । विगतदेखि नै सक्रिय राजनीतिमा रहेकी ९१ बर्षिया शान्तिकार्कीले चुनावमा हार खाइन् । पूर्वसभामुख कृष्णबहादुर महराको रामलिलार तत्कालिन सञ्चारमन्त्री गोकुल बास्कोटाको टेप प्रकरण सार्वजानिक गरेकै आधारमा पत्रकारिता पृष्ठभूमिका अजयबाबु शिवाकोटी काँग्रेसको केन्द्रीय कमिटीमै निर्वाचित भए । वरिष्ठ नेता रामचन्द्र पौडेल महाधिवेशनकै मझदारमा दलदलमा नफस्ने भन्दै आँशू नै झरेर न्यूटल बसे ।