राजनीति

काँग्रेस बागमती प्रदेश : देउवा पक्षका २ र सिंह पक्षका १ जना केन्द्रीय सदस्यमा विजयी


काठमाडौँ — नेपाली काँग्रेस बागमती प्रदेशतर्फको केन्द्रीय सदस्यमा तीन जना विजयी भएका छन् । मंगलबार सम्पन्न मतगणना अनुसार बागमती प्रदेशतर्फको केन्द्रीय सदस्यमा ध्यानगोविन्द रञ्जित, राजन केसी, उर्मिला नेपाल (केसी) विजयी भएका हुन् ।

रञ्जितले २४१९ मत ल्याएका छन् भने केसीले २१२९ मत ल्याएका छन् । प्रदेशको महिलातर्फकी उम्मेदवार नेपालले १६७० मत ल्याएकी छन् । रञ्जित र नेपाल सभापति शेरबहादुर देउवा पक्षका हुन् भने केसी नेता प्रकाशमान सिंह निकट हुन् ।