राजनीति

कांग्रेस प्रदेश २ : थपियो पदाधिकारीको मनोनयन दर्ता समय


काठमाडौँ — नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत जारी प्रदेश २ को अधिवेशनमा पदाधिकारीको मनोनयन दर्ताको समय थप गरेको छ । प्राविधिक त्रुटीका कारण मनोनयन दर्ताको समय दुई घण्टा थप गरिएको निर्वाचन समितिले जनाएको छ ।

मंगलबार दिउँसो १: ३० बजेदेखि साढे ४ बजेसम्म मनोनय पत्र दर्ताको समय तोकिएकोमा साँझ साढे ६ बजेसम्म समय थप गरिएको निर्वाचन समितिले जनाएको छ ।

उनका अनुसार केही समय बिजुलीबत्ती कटेपछि प्राविधिक समस्या आएर मनोनय पत्र दर्ताको म्याद थप गरिएको हो । मनोनयन दर्तासँगै निर्वाचन कार्यतालिकाको अन्य कार्यक्रमको समेत दुई घण्टा म्याद बढाइएको छ ।