प्रवास

फिलिपिन्समा आएको विध्वंसकारी आँधीमा परि ज्यान गुमाउँनेको संख्या ३७५ पुग्यो


काठमाडौँ – फिलिपिन्समा आएको विध्वंसकारी आँधीमा परि ज्यान गुमाउँनेको संख्या ३७५ पुगेको छ ।

आँधीमा परि सयौं मानिस हराइरहेकोले मृतकको संख्या बढ्न सक्ने अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । टाइफुन राई नामक आँधीले मध्य तथा दक्षिणपूर्वी टापुहरुमा ठूलो क्षति पुर्याएको छ । आँधीले थुप्रै भौतिक संरचनामा समेत क्षति पुर्याएको छ । विद्युत आपुर्ती बन्द हुँदा करिब ३० लाख मानिस मारमा परेका छन् ।

घटनास्थलमा उद्दारका लागि १८ हजार सुरक्षाकर्मी र आपतकालिन कर्मचारीहरु परिचालित भएका छन् ।