राजनीति

प्रधानन्यायाधीशले बोलाए भोलिका लागि न्याय सेवा आयोगको बैठक


काठमाडौँ – न्याय परिषद्ले बुधवारका लागि न्याय सेवा आयोगको बैठक बोलाएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा अध्यक्ष रहनुभएको न्याय सेवा आयोगमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडू, सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश दीपककुमार कार्की, लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मी र महान्यायाधिवक्ता खम्मबहादुर खाती सदस्य रहेका छन् ।

नेपाल बार एसोसिएशनले जबराको राजीनामा माग गर्दै आन्दोलन गरिरहेको र सर्वोच्च अदालतका न्यायाधीशहरूले पनि जबरासँग इजलास साझा गर्न अस्वीकार गरिरहेको अवस्थामा जबराले आयोगको बैठक बोलाउनुभएको हो ।